कर छल्ने प्रयास नगर्न उद्योगीलाई अर्थमन्त्रीको चेतावनी

१० भदौ ७६, मंगलबार

१० भदौ, काठमाडौं ।

Advertisement

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन् ।

राजधानी काठमाण्डौको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९को उद्घाटन गर्दे मन्त्री खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताएका हुन् ।

Advertisement

विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उनले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरे । उनले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताए ।

उनले विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि बताए । व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै उनले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको बताए ।

Advertisement

मन्त्री खतिवडाले प्रर्दशनी स्थल निर्माणबारे निजी क्षेत्र संग सहकार्य गर्न सरकार तयार रहेको बताए । भेईकलफिटनेस र सडक सुरक्षा बारे पनि सरकार गम्भीर रहेको उनले बताए ।

नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गरे । उनले प्यान कार्ड लागू गर्ने विषयमा सरकारले उद्योगीहरुसंग परामर्श नगरेको गुनासो पनि गरे ।

मंगलबार सुरु भएको नाडा अटो शो २०१९ भदौ १६ गते सम्म चल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top