×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ मा खुल्यो लोक सेवा गठनको बाटो, आयोग तीन सदस्यीय हुने

१० भाद्र २०७६

१० भदौ, विराटनगर ।

प्रदेश १ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित भएको छ ।

Advertisement
Advertisement

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई मंगलबार बसेको बैठकले सर्वसम्मतले पारित गरेको हो ।

प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा संसोधन गरेपछि थप छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको थियो । विधेयकको प्रतिबेदनसहित आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले बैठकमा प्रस्ताव पेश गरेका थिए ।

प्रतिवेदनसहितको विधेयकमाथि समाजबादी पार्टीका प्रदेश संसदीय दलका नेता जयराम यादव र अर्का सांसद बिष्णु तुम्बाहाफेले सहमति जनाएका थिए । तीन सदस्य लोकसेवा आयोग गठनलाई पूर्ण समानुपातिक र समावेशीको आधारमा पाँच सदस्य आयोग बनाएर पूर्णता दिनुपर्ने बताएका थिए ।

आयोगको गठनमा अनिवार्य दुई सदस्य महिला राखिनुपर्ने प्रावधान हुनुपर्ने माग राखेका थिए । प्रदेश लोकसेवा आयोगको गठनमा तीन सदस्य रहने व्यवस्था छ । जसमा एक महिला अनिवार्य भनिएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले प्रतिवेदनसहित प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ सभामा पेश गरेका थिए । प्रदेशसभाले प्रदेश लोकसेवा आयोगको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारितसँगै प्रदेश सरकारले आवश्यक कर्मचारी लोकसेवा मार्फत नियुक्ति गर्न सक्ने छ ।

प्रदेश सरकारले विधेयक पारित भएसँगै लोकसेवा आयोग गठनको प्रकृया सम्पन्न गरी प्रदेश सरकारका लागि आवश्यक दरबन्दीको कर्मचारी लोकसेवा मार्फत विज्ञापन खुलाएर पदपूर्ति गर्न पाउने छ । सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन ।

३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परेको छ । प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत माथिल्लो तहका कर्मचारीको अभाव बढी भएको जानकारी दिए । प्रशासन तर्फका ३० जना उपसचिवको दरबन्दी रहेको प्रदेश १ मा ३ जना मात्रै कार्यरत छन् ।

Advertisement

प्रदेशका प्रमुख सचिव अधिकारीले आवश्यक कर्मचारीको अभावमा मन्त्रालयहरुमा दैनिक प्रशासनिक काम समेत प्रभावित हुँदै आएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top