लिबियालीमा डुङ्गा दुर्घटना, ४० जनाको मृत्यु

१० भदौ ७६, बुधबार

११ भदौ, एजेन्सी ।
लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० यात्रुको ज्यान गएको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)का प्रवक्ता चार्ली याक्सलेले जनाएका छन् ।

Advertisement

मङ्गलबार ट्वीटरमार्फत जानकारी गराउँदै यूएनएचसीआरले कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको र ४० जनाको ज्यान गएको उल्लेख गरेको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top