×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फाइनलमा पुग्न नेपालले भुटानसंगको खेल जित्नैपर्ने

११ भाद्र २०७६

भदौ ११, काठमाडौं । भारतको कोलकत्तामा जारी साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत बिहीबार अन्तिम लिग खेल हुँदैछ । नेपालका लागि फाइनलमा पुग्न भुटानविरुद्ध जित आवश्यक छ ।

मंगलबार भएको खेलमा बंगलादेशविरुद्ध जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । साविक विजेता समेत रहेको बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेश र‌ नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ ।

Advertisement
Advertisement

मंगलबार नै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्षस्थानमा छ । भारतले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २-० को जित दर्ता गरेको थियो । भारतले भुटानमाथि ७-० को फराकिलो जित दर्ता गरेको थियो । लिग चरणमा नै भारतले बिहीबार बंगलादेशको सामना गर्नेछ ।

नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ । यद्यपि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा भने गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । त्यसको सम्भावना भने निकै न्यून छ । त्यसका लागि बंगलादेशले कम्तिमा ४ गोलको अन्तरले जित दर्ता गर्नुपर्ने हुन्छ ।

Advertisement

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top