×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

द्रुतमार्ग साढे तीन वर्षमै तयार गर्ने लक्ष्य, १ लाख ५१ हजार रुख काटिने

११ भाद्र २०७६

११ भदौ, काठमाडौं ।

नेपाली सेनाले काठमाण्डौ तराई द्रुतमार्ग (फास्ट ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ ।

Advertisement
Advertisement

सेनाले बुधबार पत्रकार सम्मेलन गरि द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैया रहेको छ । मुल्य अभिवृद्धि कर सहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ ।

अन्तराष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन ।

निर्माणको समयमा आउने विविध र भैपरि खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ । द्रुतमार्ग खोकनाबाट सुरु भई नीजगढसम्म ७२ दशमलब ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ ।

यो यसअघिको डिपिआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमि हो । पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाईने भएको छ ।

यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने छ ।

यसअघि एसियाली विकास बैकले यस अघि छोक्रे डाँडा , ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको हो ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेनडाँडा क्षेत्रगरि दुई ठाउमा रेखांकन परिर्वतन भएको हो ।

धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरि सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ ।

साथै महादेवटार देखि लेनडाँडासम्मको खण्डमा एडिबी द्धारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरु सहित रेखांकन परिर्वतन भएको छ । दु्रत मार्गको सम्पुर्ण कामको ८ प्रतिशत काम सम्पन्न भईसकेको सेनाले जनाएको छ ।

Advertisement

रक्षा मन्त्रालयले पेश गरेको ५ महिना पछि यही भदौ १ गते मन्त्रीपरिषद् बैठकले द्रुतमार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । द्रुतमार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने संभावना छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top