रवि लामिछानेका पक्षमा जनलहरको अर्थ के ?

११ भदौ ७६, बिहीबार

१२ भदौ , काठमाडौं । आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका संचारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे ।

सभामा हजारौं उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै झल्को दिने उक्त सभाका सहभागी भने फरक फरक सामाजिक र राजनीतिक पृष्ठभूमिका देखिन्थे ।

बुधबार काठमाडौं फर्केका संचारकर्मी लामिछानेलाई पछ्याउनेको भीड पनि उस्तै थियो । फौजदारी अभियोगमा मुद्दा खेपिरहेका संचारकर्मीलाई पछ्याउने यति ठूलो संख्या कसरी निर्माण भयो ? रविलाई पछ्याउनेहरु सामान्य प्रशंसक मात्रै हुन वा राजनीति, विधि र व्यवस्थाबाट दिक्क भएकाहरुको जनमत हो ?

Advertisement

राजनीतिशास्त्री कृष्ण खनालको बुझाइमा सामाजिक संजालको माध्यमबाट जोडिएका र त्यसैबाट रविलाई पछ्याएकाको समूहलाई सामान्य ठानेर नजरअन्दाज गर्न मिल्दैन ।

‘रविलाई पछ्याइरहेको र यही मुद्दामा जोडिएर आफ्नो मत राखिरहेको ठूलो समूहलाई परम्परागत राजनीतिबाट वितृष्णा भइरहेको जनमतका रुपमा पनि बुझ्न सकिन्छ,’ उनले भने ।

Advertisement

खनालका बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइमा छन्, जबकी नयाँ पुस्ता प्रविधि, सञ्चार र सामाजिक सञ्जाल सम्पर्कले बदलिसकेका छन् ।

‘धेरैजसो नेताहरु बदलिंदो दुनियाँबारे जानकार छैनन्, नयाँ प्रविधिबारे ख्याल छैन । केही केही सामाजिक संजाल छिरेका त छन् तर त्यो पनि अरुको सहयोगमा । उनीहरुमा समयअनुसार बदलिने सोच र सिक्ने चाहना दुवै देखिंदैन,’ उनले भने ।

यस्तो पृष्ठभूमिमा टेलिभिजन, सामाजिक सञ्जाल र युट्युबमार्फत लामिछाने जबरजस्त रुपमा उदाएका हुन । खनालका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगकर्तालाई सम्बोधन गर्ने सीप, शैली र कौशल हाम्रो राजनीतिमा देखिन्न । कान्तिपुर दैनिकबाट

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top