विराटनगरमा सटर फोरेर चोरी गर्ने लुटारा समूह पक्राउ

११ भदौ ७६, बिहीबार

१२ भदौ, विराटनगर ।

सटर फोरेर चोरी डकैती गर्दै आएको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका ७ जनाको गिरोहमा ३ भारतीय र ४ नेपाली छन् ।

उनीहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिका भित्रका ४ वटा सटर फोरेर लाखौं रुपैया चोरी गरेको जनाईएको छ । अभियुक्तहरुले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा २०७६ साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार चोरी गरेका थिए ।

यसैगरि सोहि समयको आसपासमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाई ४ लाख चोरी गरेका थिए । अभियुक्तहरुले भाद्र ९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट सटर फुटाई ४ लाख ९५ हजार र भाद्र १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट सटर फुटाएरै ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले विहीबार पत्रकार सम्मेलनगरि घटनामा संलग्नलाई सार्वजनिक गरेको छ । पक्राउ गरिएका अभियुक्तहरुमा मधुबनी,कटैया ग्राम पञ्चायत–३ भारतका ३५ बर्षिय धमेन्द्र कामत,सोहि ठांउ वडानम्बर १ बस्ने ३२ बर्षिय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ बर्षिय मोहम्मद मोतिउर रहमान छन ।

यसैगरि गौर नगरपालिका वडानम्बर ३ का ४१ बर्षिय मोहम्मद मोहिज धुनियाँ,सोहि ठांउका ५० बर्षिय बलराम क्षेत्री,ब्रम्हपुरी गांउपालिका वडानम्बर ४ बस्ने ५२ बर्षिय सेख मोहम्मद सलिफ र सोहि ठांउका ४६ बर्षिय शेख अलि असगर छन ।

घटनाको बिषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले अभियुक्तहरुले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चोरी गर्दै आएको बताए ।

अभियुक्तहरु समूहमा हिड्ने र गोल्ड कटरबाट सटरको ताला काटेर चोरी गर्दै आएको बताए । भदौ ११ गते प्रहरीले पथरी शनिश्चरे नगरपालिका १ बाट उनिहरुलाई पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिए ।

प्रहरीले अभियुक्तहरुको साथबाट घटनामा प्रयोग गरिएको बी आर ३२ पि ए २८३६ नम्बरको स्कार्पियो गाडी ७ थान मोबाईल,नेपाली सिम कार्ड १ र भारतीय सिमकार्ड १ थान,फलाम काट्न प्रयोग हुने कटर मेशिन १ थान,कम्ब्याक्टर पैन्ट र तन्ना लगायतका सामाग्रि बरामद गरेको छ ।

अभियुक्तहरुले लाखौंको चोरी डकैती गरेको भएपनि उनीहरुको साथबाट नेरु १२ हजार ८ सय ५० र भारु ११ हजार ४ सय १० रुपैया मात्र बरामद भएको प्रहरीले जनाएको छ । घटनामा मुख्य अभियुक्त मानिएका मधुबनी भारतका मोहम्मद कलाम फरार रहेका कारण सोहि ब्यक्ति रकम लिएर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top