मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?

भदौ १८, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए।

कार्यवाहक प्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूले सञ्चो–विसञ्चो सोधे। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरूको काम–कारबाहीबारे चासो राखे।
स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच यस्तो कुराकानी भएको थियो।

तर, यसलाई मन्त्रिपरिषद्को बैठक भनिएन। प्रधानमन्त्री ओलीले दोस्रोचोटि सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामबारेमा छलफल गरे। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै भने– ‘उहाँले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ।

Advertisement

मन्त्रीज्यूहरूले आफ्नो कामबारे प्रमलाई अपडेट गर्नुहुने योजना।’भदौ ९ गते भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीलाई प्रधानमन्त्री स्वयं र राजनीतिक सल्लाहकार रिमालले मन्त्रिपरिषद्को बैठक भनेका थिए ।

यसले गर्दा त्यसको वैधानिकता, सुरक्षालाई लिएर संसद् हुँदै सार्वजनिक सभा, समारोहमा समेत टीका–टिप्पणी भएको थियो। प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो।नेपाल समाचारपत्र

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top