ब्रेक्जिट विरुद्ध बेलायतमा मतदान, प्रधानमन्त्री जोनसनले गुमाए संसद्मा बहुमत

भदौ १८, एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा बहुमत गुमाएका छन् । बेलायती सांसदहरुले प्रधानमन्त्री जोनसनको प्रस्तावको विरुद्धमा मतदान गरेसँगै संसदमा उनी कमजोर बनेका हुन् ।

संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेपछि प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झड्का लागेको अन्तर्रा्ष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् ।

संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेका छन् । जसका कारण अब उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन् ।

Advertisement

सो विधेयकमाथि संसद्मा छलफल हुने बताइएको छ । गएरातिको मतदानमा सरकारको पक्षमा तीन सय एक मत र विपक्षमा तीन सय २८ मत खसेको थियो ।

प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने यसअघि नै बताइसकेका छन् ।

Advertisement

सरकार अक्टोबर १५ तारिखमा आमचुनाव गराउने तयारी गरेको बिबिसीले जनाएको छ । युरोपेली संघको बैठक बस्नु भन्दा २ दिनअघि निर्वाचन गराउने सरकारले तयारी गरेको बताइएको छ ।

पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसन संसद्मा कमजोर बनेका हुन् ।

योसँगै ६ सय ५० सदस्यीय ब्रिटिश संसद्मा कन्जरभेटिभ पार्टीको तीन सय ९ र डेमोक्याट्रिकक युनियन पार्टीको १० सांसदसहित प्रधानमन्त्री जोनसनसँग अब तीन सय १९ सांसदको समर्थन छ भने विपक्षी दलसँग तीन सय २० सदस्य छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top