१८ भदौ, विराटनगर ।
बुधबार पुनः तोलामा एक हजार रुपैयाँले सुनको भाउ बढेकोे छ । बुधबार सुन तोलाको ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको भदौ ९ गते सुन अहिलेसम्मकै महंगो तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
त्यसयता घट्दै गएको सुनको भाउ बुधबार फेरि ९ गतेकै भाउमा पुगेको हो । मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले भाउ बढेको महासंघले जनाएको छ ।
यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
