भारतको पटाका कारखानामा बिस्फोट, २३ जनाको मृत्यु

१९ भदौ ७६, बिहीबार

१९ भदौ, एजेन्सी ।

Advertisement

भारतको पञ्जाब गुरदासपुरको बटालामा रहेको एक पटाका कारखानामा बिस्फोट हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ।

बुधबार भएको बिस्फोटका कारण कारखाना रहेको भवन भत्किएको छ । घटनामा अरु केही घाइते भएका छन् । पञ्जाबमा मुख्यमन्त्री अमरिंदर सिंहले घटनाको जाँच गर्न निर्देशन दिएका छन् ।

Advertisement

घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने मुख्यमन्त्री सिंहले घोषणा गरेका छन् ।

अमृतसर मेडिकल कलेजमा उपचार भइरहेका गम्भीर घाइते सातजनाको उपचारका लागि ५० हजार र अरु घाइतेका लागि २५ हजार प्रदान गर्ने पञ्जाब सरकारले जनाएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top