एसिसी यु १९ एसिया कप क्रिकेट आजबाट सुरु

१९ भदौ ७६, बिहीबार

१९ भदौ, विराटनगर ।

Advertisement

एसिसी यु १९ एसिया कप क्रिकेट बिहीबारदेखि श्रीलंकामा सुरु हुँदैछ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, बंगलादेश र युएईको सामना गर्ने छ ।

Advertisement

नेपालले पहिलो खेल शुक्रबार श्रीलंकासँग खेल्ने छ । एसिसी यू–१९ एसिया कपको यो आठौँ संस्करण हो । भारत सात पटक विजेता बनेको छ ।

नेपालले सन् २०१७ को संस्करणको समूहगत चरणमा भारतलाई १९ रनले हराएको थियो । भारत प्रतियोगिताको इतिहासमा फाइनल पुग्न नसकेको संस्करण त्यही एकमात्र थियो।

Advertisement

त्यतिबेला सेमिफाइनल पुगेको नेपाल अफगानिस्तानसँग पराजित भएपछि अगाडि बढ्न सकेको थिएन। श्रीलंका चारपटक फाइनल पुगे पनि विजेता बन्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top