शिक्षकको उपचारका लागि इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने

१९ भदौ ७६, बिहीबार

१९ भदौ, इनरुवा ।

Advertisement

स्वास्थ्य अवस्था खराब भएका एक शिक्षकलाई सुनसरीको इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ ।

इनरुवाको नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले पाँचलाख सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलालले खर्च अभावका कारण उपचार गराउन सकेका छैनन् ।

Advertisement

नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले जानकारी दिए ।

मेयरले एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने बताए । अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले जानकारी दिए ।

Advertisement

‘मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो’, उनले भने ‘ खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्किएका छन् ।’

चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन् । दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top