पूर्वसभासद डीबी कार्की पक्राउ

१८ भदौ ७६, बिहीबार

१९ भदौ, काठमाडौं ।
पूर्वसभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कार्कीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

Advertisement

पहिलो संविधानसभाका सभासद कार्कीलाई प्रहरीले सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा पेससमेत गरिएको नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

सभासद हुँदा इन्सपेक्टर बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेका थिए ।

Advertisement

विशेष अदालतले ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरे पनि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चका न्यायाधीशद्वय दीपक कुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।

पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेका कार्कीलाई उनका सहयोगी स्वामी ब्रम्हानन्दसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top