×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मेलम्ची खानेपानी आयोजनाको काम पुनः ठप्प

१९ भाद्र २०७६

भदौ १९, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका काम पुनः ठप्प भएको छ । आयोजना प्रमुखको राजीनामा माग गर्दै कामदार, ठेकेदार तथा स्थानीय बिक्रेता आन्दोलनमा उत्रिएपछि मेलम्चीको काम रोकिएको हो ।

बुधबारबाट मेलम्चीको सम्पूर्ण काम बन्द भएको हो । पछिल्लो समय मेलम्चीको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई कामदार र ठेकेदारको सम्पूर्ण रकम भुक्तानी नभएसम्म काममा नजान पनि चेतावनी दिइएको छ ।

Advertisement
Advertisement

मेलम्चीको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सीएमसीले काम छाडेको आठ महिनापछि सिनो हाइड्रोले निर्माणको ठेक्का पाएको हो ।

खानेपानी मन्त्रालय तत्कालीन सचिव र आयोजना प्रमुखको दबाब थेग्न नसकेर काम छाड्न बाध्य परिएको सीएमसीले आयोजनाको सुरुङ निर्माण सामग्री आपूर्ति, मजदुर पारि श्रमिक र स्थानीय बिक्रेताको उधारोसमेत गरी एक अर्ब ६५ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सीएमसीले उपठेकेदार, मेसिनरी औजार भाडामा लगाउने निर्माण व्यवसायी, सामग्री आपूर्तिकर्ता र ढुवानीकर्तालाई सबैभन्दा धेरै भुक्तानी दिन बाँकी छ। करिब आठ सय मजदुरले तीन–चार महिनाको तलब, भत्ता पाएका छैनन्।

स्थानीय बिक्रेतासँग किनेको मोबाइल रिचार्ज कार्डदेखि सिटामोलसम्मको उधारो तिर्न बाँकी छ। यो रकम भुक्तानी नभएसम्म काम गर्न नदिने भन्दै आन्दोलन थालिएको छ।

मेलम्ची आयोजना पीडित संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले छिटोभन्दा छिटो मेलम्चीको पानी काठमाडौं पुर्‍याउने र भुक्तानी हुन बाँकी रकम एकमुष्ट नपाएसम्म काम हुन नदिने चेतावनी दिए।

‘भुक्तानी हुन बाँकी रकम एकमुष्ट पाउनुपर्‍यो,’ उनले भने, ‘पानी छिटो काठमाडौं लाने ग्यारेन्टी नभएसम्म काम हुन दिँदैनौं।’ दुई दशक लामो मेलम्ची सपनामा अवरोध पुर्‍याउने र अझै पछाडि धकेल्ने रहर आफूलाई नभएको उनले बताए।

आयोजना प्रमुख सूर्यराज कँडेल आफंै ट्र्याकर व्यवसायी भएको कारण मेलम्चीको काम ढिलाइ भएको भन्दै संघर्ष समितिका संयोजक आचार्यले कँडेलको राजीनामा माग गरेका छन्।

बुधबार मेलम्ची बजारमा रहेको आयोजनाको मुख्य कार्यालय अगाडि धर्ना दिइएको छ। अम्बाथानमा भइरहेको काम पनि बन्द गरेर ठेकेदारले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

बिहीबार अम्बाथानमा पनि धर्ना दिने कार्यक्रम रहेको उनले बताए। संघर्ष समितिले गरेको धर्नालाई प्रदेश सभा सांसद इन्द्रमाया गुरुङ, नेकपाका पार्टी प्रतिनिधि उत्तम आले, कांग्रेसका क्षेत्रीय सभापति एकमान तामाङ, राप्रपाका क्षेत्रीय सभापति फडिन्द्र दाहालसमेत ठेकेदार, कामदारको सहभागिता थियो।

Advertisement

बिहीबार सबै साइट बन्द गर्दै मेलम्चीको नाम रहेको सबै गाडी चलाउन नदिने आन्दोलनको कार्यक्रममा छ। शुक्रबारबाट मेलम्चीका सबै कार्यालयमा तालाबन्दी गरी आन्दोलनलाई अझ सशक्त बनाउने संघर्ष समितिले जनाएको छ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top