सरकारका कारण संघीयतामाथि निराशा फैलिने देउवाको आरोप

१८ भदौ ७६, बिहीबार

भदौ १९, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आह्वान गरेका छन् ।

Advertisement

पूर्व प्रधानमन्त्री समेत रहेका भएका सभापति देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने पनि स्पष्ट पारे ।

उनले सरकारका हरेक गतिविधि जनभावनाविपरित, संविधानविपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै पैmलिन सक्ने अवस्था आउने खतरा बढदै गएको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे ।

Advertisement

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलितअधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्याभएकाविश्वका अन्यमुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लडनुपर्नेमापनिजोड दिए ।

उनले जनभावना विपरित हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनिभएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको स्मरण गराउनु भयो ।

Advertisement

सभापति देउवाले दलित विकास समितिखारेज गर्ने सरकारको निर्णयप्रतिपनि आपत्ति जनाए । उनले दलित,आदिवासी–जनजाति समूदायको हितकालागि आफूले २०५२ सालमै प्रधानमन्त्री हुँदा धेरै काम गरेको दावी गर्दै वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भिर नभएको आरोप पनि लगाए ।

सभापति देउवाले संविधानले दलित समूदायको अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान सरकार तयार नभएको दावी गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top