१२ औं राष्ट्रिय जनगणनाको तयारी सुरु, ६० हजार जनशक्ति खटिने

१८ भदौ ७६, बिहीबार

१९ भदौ, विराटनगर ।
दुईबर्षपछि हुने १२ औं राष्ट्रिय जनगणना लाई सफल बनाउन परामर्श लिने कार्य सुरु भएको छ ।

२०७८ मा हुने जनगणनालाई सफल बनाउन केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङले विहीबार विराटनगरमा सञ्चारकर्मीहरुसंग छलफल कार्यक्रम गरेको छ । छलफलमा ४ दर्जन बढी सञ्चारकर्मी र पत्रकार सहभागि भएका थिए ।

छलफलमा सहभागि पत्रकारहरुले राष्ट्रले बनाउने विभिन्न योजनाहरुमा जनगणनाको तथ्यांकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले त्रुटिरहित यथार्थपरक तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको आवधिक योजना कार्यान्वयन गर्न र दिशानिर्देश गर्न जनसंख्याको तथ्यांकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले विगतका त्रुटिहरु नदोहोरिने गरि बस्तुपरक तथ्यांक संकलन गर्नुपर्ने बताए ।

उनले बस्तुपरक तथ्यांक प्राप्त गर्न सकिए २०७८ को जनगणना कोशे ढुंगा साबित हुने बताए । मन्त्री कार्कीले गणनावाट आउने तथ्याङकबाट व्यवसायिक कृषि र पशुपालनमा मुलुकले फड्को मार्ने विश्वास समेत ब्यक्त गरे ।

तथ्याङक विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपालिको जनगणनामा शिक्षित युवाहरुलाई तथ्याङक संकलन गराउने जानकारी दिदै कुल ६० हजार जनशक्ति परिचालन गरिने जानकारी दिए ।

उनले जनगणनामा सर्वसाधारणलाई सहभागि बनाएर सफल बनाउन आमसञ्चार माध्यमका साथै प्रबिधिको प्रयोग गरिने बताए ।

गोष्ठीमा निर्देशक लामिछाने, नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेल र पत्रकार महाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

राष्ट्रिय जनगणनाका लागि घर तथा परिवार सुचिकरण २०७८ जेठ १ गतेदेखि २० गतेसम्म र मुख्य प्रश्नावली जेठ २५ गतेदेखी असार ८ गतेसम्म हुने कार्यक्रममा जनाइएको थियो । मेरो गणना,मेरो सहभागिता नारासहित १२ औं जनगणना सम्पन्न हुने जनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top