भदौ २४ देखि कांग्रेसको दोस्रो चरणको जागरण अभियान

१८ भदौ ७६, बिहीबार

१९ भदौ, काठमाडौैं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट सुरु गर्ने भएको छ ।

नेपाली काँग्रेसले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।

सो जागरण अभियान ३ सय ३० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रित प्रतिनिधि खटाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि कांग्रेसले जनाएको छ । त्यसैगरी पार्टी प्रवेशका लागि अभियान चलाउने, पार्टीका माथिदेखि तल्लो तहका नेताहरुबीचको सम्वादलाई घनिभूत बनाउने पनि जागरण अभियानको उद्देश्य रहेको छ ।

असोज ७ गतेसम्म आयोजना हुने १५ दिने सो जागरण अभियानले पार्टी संगठनलाई चुस्त बनाउने विश्वास लिइएको प्रवक्ता शर्माले बताए । नेपाली कांग्रेसले यस अघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत बैशाख २५ गतेबाट आरम्भ भई जेष्ठ २५ गते सम्पन्न गरेको थियो ।

पहिलो चरणको राष्ट्रिय जागरण अभियान जिल्ला केन्द्रित थियो भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित हुने पनि नेपाली काँग्रेसले स्पष्ट पारेको छ ।

नेपाली काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई चर्काउने मूल उद्देश्यका साथ चरणवद्ध रुपमा राष्ट्रिय जागरण अभियानलाई निरन्तरता दिएको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top