×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

डिभिजन टू को उपाधिका लागि नेपाललाई २७८ रनको लक्ष्य

३ फाल्गुन २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपाललाई युएईले २७८ रनको लक्ष्य दिएको छ।

निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर १७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। १२३ बलमा उनले १० चौका र ३ छक्कासहित ११४ रन बनाए।

Advertisement
Advertisement

यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन जोडे। साइमन अनवारले ४० रन बनाउँदा रामेज साहजादले ४० रन बनाए।

नामिबियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा टस जितेको युएईले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट हात पारेको थियो।

नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे।

त्यसपछि दोस्रो विकेटका लागि अस्फाक र घुलाम साबेरले अर्को बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए। तर युएईको स्कोर १६३ रन हुँदा नेपालले दोस्रो विकेट लियो। उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए । करन केसीको बलमा लामिछानेले थ्रो गर्दै उनलाई रनआउट गराएका थिए।

युएईको स्कोर २११ रन हुँदा नेपालले तेस्रो विकेट लियो। यसपटक सन्दिपले अस्फाकलाई सिकार बनाए।

यस्तै आक्रामक ब्याटिङ गरेका शइमान अन्वार ४० रनमा आउट भए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए। उनी सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्।

Advertisement
Advertisement

नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top