एसिड प्रहारबाट घाइते छात्राको वीरगञ्जमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइयो

भदौ २०, पर्सा । एसिड प्रहार भएकी छात्राको वीरगञ्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

वीरगञ्ज महानगरपालिका १ छपकैयाकी १५ वर्षिया मुस्कान खातुनमाथि शुक्रबार बिहान एसिड प्रहार भएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालले उनको उपचार संभव नभएछि थप उपचारका लागि काठमाडौं पठाएको हो ।

घरबाट स्कुल जाँदै गरेकी खातुनमाथि गणेशमान चोकमा करिब ६ बजे दुईजना दुई युवाले एसिड प्रहार गरेका हुन् । एसिड प्रहार भएकी छात्रको अवस्था गम्भीर रहेको छ ।

त्रिभुवन हनुमान माविमा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट शरीरको एक साइटको भाग पुरै जलेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

एसिड प्रहार गर्ने स्थानीय संसाद मिया र माजिद आलम रहेको प्रहरीले जनाएको छ । १६ वर्षका ती दुई युवकले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्ने मुख्य व्यक्ति संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मजिदको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छात्रकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी रहेको बताएकी हुन् । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top