नेपालमा मनसुनी गतिविधि सक्रिय

१९ भदौ ७६, शुक्रबार

२० भदौ, काठमाडौँ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ । मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई वर्षा हुने क्रम जारी रहने मौसमविद्को भनाइ छ। यसको प्रभावले तीन दिन देशभर वर्षा हुनेछ।

Advertisement

पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,ु मौसमविद् समिर श्रेष्ठले भने। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली, दक्षिण(उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालदेखि बङ्गालको खाडीसम्म बुझ्नुपर्ने हुन्छ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन रचट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

Advertisement

साथै मध्य र पश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिम भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४४ मिलिटिर वर्षा भएको छ। त्यस्तै दिपालयमा ३.८, वीरेन्द्रनगरमा ११.२, जुम्लामा ८.२ र पोखरामा १.० मिलिमिटर वर्षा भएको छ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top