स्वास्थ्य राज्यमन्त्रीद्वारा वृद्धाहरुको स्वास्थ्य परीक्षण

२१ भदौ ७६, शनिबार

२१ भदौ, धनुषा ।

Advertisement

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरमा रहेको जानकी वृद्धाश्रमका वृद्धाहरुको स्वास्थ्य चेक गरेका छन् ।

शनिबार बिहान ब्युटिसियन एसोसिएशन धनुषाले आश्रमका आमाहरुका लागि राखेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन गर्दै राज्यमन्त्री डा. यादवले वृद्धाहरुको आफैले स्वास्थ्य परीक्षण गरेका हुन् ।

Advertisement

स्वास्थ्य चाँच गर्दै उनले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा समेत आमाहरुलाई सल्लाह सुझाव दिए।

वृद्धाहरुमा बढी दम रोगको गुनासो रहेको राज्यमन्त्री यादवले बताए । उनले आश्रमका आमाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । आमाहरुलाई निःशुल्क रुपमा राज्यमन्त्री यादवले औषधि समेत उपलब्ध गराएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top