दुई दिनअघि हराएकी बालिका मृत फेला

२१ भदौ ७६, शनिबार
Share this
741shares

२१ भदौ, चितवन ।

Advertisement

भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन्।

Advertisement

उपचारका लागि भरतपुर अस्पताल ल्याइएको उनलाई अस्पतालले मृत घोषणा गरेको हो। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top