नेपालमा लगानी गर्न पुष्पकमल दाहालको चीनलाई आव्हन

२० भदौ ७६, शनिबार

२१ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

चिनियाँ दुतावासले शनिबार काठमाडौमा गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले राजनीतिक स्थायित्व कायम भएसंगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आव्हान गरेका हुन् ।

Advertisement

राजनीतिक स्थायित्वसंगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए ।

उनले नेपाल सधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाँविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्याए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकीय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको पनि उनले स्पष्ट पारे ।

Advertisement

कार्यक्रममा उपराराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पूर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता पनि औल्याए ।

कार्यक्रममा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेलले पछिल्लो समय नेपाल चीनबीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरु विस्तार हुदै गएको बताए । कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, व्यवसायीहरु सहभागी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top