ग्रील व्यवसायमा सुरक्षा खतरा, तीन वर्षमा ५३ को मृत्यु

२१ भदौ ७६, आइतबार

२२ भदौ, काठमाडौं । तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको पाइएको छ ।

Advertisement

ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ती श्रमिकहरुले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक गरेका हुन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको ग्रीलमा कार्यरत श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले ग्रील व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न पनि त्यसमा कार्यरत श्रमिकहरुलाई सचेत गराए ।

Advertisement

अध्यक्ष कटुवालले हातमा पञ्जा लगाउने, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा पनि ग्रीलमा काम गर्ने श्रमिकहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सचेत गराउन प्रशिक्षणलगायतका कार्यक्रम संचालन गर्नु परेको पनि स्पष्ट पारे ।

महासंघले ग्रील श्रमिकहरुको सुरक्षाका लागि पनि देशभर यस्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना पनि तय गरेको छ ।

Advertisement

अध्यक्ष कटुवालले ग्रीलका कार्यरत श्रमिकहरुको जीवन र उनीहरुले आर्जन गरेका धनको सुरक्षा गर्न पनि महासंघले उनीहरुको जीवन रक्षाका लागि सावधानी अपनाउन सघाउ पु¥याउने उद्देश्यका साथ प्रशिक्षण लगायतका चेतनामूलक कार्यक्रम संचालन गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top