विद्यालय नाटक महोत्सवमा ‘मेहनत र परिश्रमको फल’, सोमबार ‘दशैँ’( फोटो फिचरसहित)

२१ भदौ ७६, आइतबार

२२ भदौ, विराटनगर ।

Advertisement

आरोहण–गुरुकुल विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा आइतबार‘मेहनत र परिश्रमको फल’ मञ्चन भएको छ । विराटनगरको श्री अन्नपूर्ण एकेडेमीले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा मञ्चन गरिएको हो ।

सोहि विद्यालयमा कक्षा ८ मा अध्ययनरत अपेक्षा तामाङले कुटुनी बुढीको कथालाई नाट्य रुपान्तरण गरि निर्देशन गरेकी हुन् । उनलाई आभास बस्नेत र उत्सव भट्टराईले सहयोग गरेका छन् । नाटकलेपरनिर्भरता विरुद्धको कथा बोलेको छ ।

Advertisement

पछौटेपना र भोलीवाद्ले विकृत समाजका परिवेशलाई नाटकमा प्रस्तुत गरि आर्थिक रुपमा सक्षम बन्नएकजना वृद्धाले प्रोत्साहन गरेको संघर्षलाई नाटकमा देखाईएको छ । यसअघि हिजो विराटनगरकै सत्यनारायण माविले नाटक मञ्चन गरेको थियो ।

Advertisement

महोत्सवामा नाटक मञ्चन गर्र्न पाउँदा निकै उत्साहित र खुशी भएको विद्यार्थीहरुले बताए । आरोहण–गुरुकुल विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सव भाद्र २९ गतेसम्म चल्नेछ ।

नाट्य गतिविधिले तिब्रता पाओस् भन्ने हेतुले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न ९ विद्यालयले दैनिक अपरान्ह ४ बजे नाटक मञ्चन गर्दैछन् । सो महोत्सवमा सोमबार पेरागन एकेडेमी मा.वि.ले “दशैं” मञ्चन गर्नेछ ।

यस्तै सेन्ट जोसेफ स्कुलले भदौ २४ गते मंगलबार “लक्ष्मीपूजा”, सप्तकोशी से.बो. स्कुलले भदौ २५ गते बुधबार “छाउपडी”, बुढानिलकण्ठ से.ई.स्कुलले भदौ २६ गते बिहिबार “नासो”, लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले भदौ २७ गते शुक्रबार “प्रधानमन्त्री”, श्री श्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते सनिबार “चण्डालिका एक अनन्त प्रेम कहानी”र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले भदौ २९ गते “परिवेश” मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ ।

नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top