अपहरण गरी बन्धक बनाएको अभियोगमा सातजना पक्राउ

अपहरण गरी बन्धक बनाएको अभियोगमा सातजना पक्राउ

२३ भदौ, काठमाडौं ।

काठमाडौंको तार्केश्वर नगरपालिका–५ फुटुङ बस्ने २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका– १३ बाफल बस्ने ५३ वर्षीय राजु खड्गी, सिन्धुली घ्याङ्ले गाउँपालिका–२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका–९ का ४१ वर्षीय पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३२ वर्षीय लिला थापा मगर छन् ।

यस्तै भक्तपुर सूर्यविनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३१ वर्षीय शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका–७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका–९ का ३५ वर्षीय जिस घले पनि पक्राउ परेका छन् ।

पेम्बा तामाङ नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.