२३ भदौ, मोरङ । मोरङको जहदा गांउपालिका–४ स्थित शैलजा आचार्य स्मृति पोलिटेक्नीकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरु आन्दोलित भएका छन् ।
सरकारले निर्धारण गरे अनुसारको तलब सुविधान पाएको भन्दै उनिहरु आन्दोलित भएका हुन् । गएको २० गतेदेखि आन्दोलित भएका उनिहरु त्यस यता पेन डाउन गरेका छन् ।
आन्दोलनका थप कार्यक्रम अनुसार भदौ २४ गते हातमा कालोपट्टि बांधेर काम गर्ने र २५ गते प्रशासनिक कार्यालयमा तालाबन्दी गर्ने उनिहरुले जनाएका छन् ।
सरकारले निर्धारण गरेको पारिश्रमिक माग्दा सञ्चालक समितिले निकालि दिने भनेर धम्क्याउने गरेको भाईस प्रिन्सिपल सुनिता राउतले जानकारी दिए । उनले आफु २०६० सालदेखि लगातार कामगर्दै आएको बताउदै प्रत्येक बर्ष सेवा करारको नया नियुक्ती दिएर काम लगाउने गरेको जानकारी दिए ।
नेपाल सरकारले २०७३/७४ मा कर्मचारीको तलव २५ प्रतिशत बढाएकोमा शैलजा अचार्य स्मृति पोलीटेक्निकलमा कार्यरक्त प्रशिक्षक र कर्मचारीहरुको तलवमा वृद्धि नगरी भत्तामा मात्र २० प्रतिशत बृद्धि गरिएको त्यहां कार्यरत कर्मचारीले बताएका छन् ।
सो बिषयमाप्रतिक्रियादिनुहुंदै गुठीका कोषाध्यक्षएवमं शैलजाअचार्य स्मृतिपोली टेक्निकलका संञ्चालक समितिका सदस्यमोहनलालमहतोले सरकारले निर्धारण गरेको आधारभुततलवदिने गरेको दाबी गरे ।
उनले सिटिइभिटीबाट प्राप्त हुने आंशिक सहयोग र विद्यार्थी भर्ना वापतजम्माहुने रकमबाट नै तलब सुबिधा दिनुपर्ने भएकाले आम्दनी अनुसार तलव र सुविधा दिने गरेको दावी गरे ।
श्रीकृष्ण प्रसाद कोईराला सेवा गुठी र सिटिइभिटीको संयुक्त साझेदारीमा सञ्चालित सो पोली टेक्निकलमा कर्मचारी र प्रशिक्षक गरि ७० जना कार्यरत छन् ।