विराटनगर, फागुन ५
विगत ५ वर्षदेखी उच्च शिक्षा अध्यनका लागि भारत र वंगलादेशमा नेपालबाट विद्यार्थी पठाउँदै आएको विराटनगर स्थित एचिभर्स कन्सल्टींग सर्भिस प्रा.लि. ले आफ्नो नयाँ शाखा प्रदेश नं. २ स्थित लाहानमा पनि सञ्चालनमा ल्याएको छ ।
उक्त कन्सलटेन्सिले गत फागुन १ गते लाहान बजार स्थित शहिदचोकमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याएको हो । अति सुविधा सम्पन्न शाखाको लाहान नगरपालिका मेयर मुनि साहले रिवन काटेर उद्घाटन गरे ।
सो अबसरमा बोल्दै मेयर साहले ओभर सियर प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन ल्याएपछि विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यनमा मदत पुग्ने बताए । कार्यक्रममा गुलजार गु्रप अफ इन्टीच्यूसन पञ्जाबका प्रतिनिधि सञ्जय आरोरालगायतको समेत उपरिस्थ रहेको थियो ।
उक्त शाखाले पनि वंगलादेश तथा भारतमा इिन्जीनियरींग , म्यानेजमेन्ट , मेडिकल पारा , मेडिकल,फार्मेसि, लगायतकाकोर्षहरु अध्यनका विद्यार्थी पठाउने छ ।
विराटनगरमा विगत ५ वर्षदेखी सञ्चालनमा रहेको एचिभर्सले प्रत्येक वर्ष धेरै विद्यार्थीलाई अध्यनका लागि भारत र वंगलादेश पठाउन सफल हुदै आएको एचिभर्सका संस्थापक सुनिल जयसवालले जानकारी दिए ।