२४ भदौ, काठमाडौं ।
नेपालले एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
नेपालले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर ४ बलमा एक सय २५ रनमा सिमित भयो। नेपालका बलर सागर ढकालले तीन तथा पवन सर्राफ, रसिद खान र सुर्य तामाङले दुई दुई विकेट लिए।
यूएईका कुनैपनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन्। त्यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान तथा विकेटकिपर रोहित पौडेलले ६७, सन्दीप झोराले ४८, आरिफ शेखले ४५, रसिद खानले ४४ र कमल एेरीले ४१ रन बनाए।
नेपालका दुवै ओपनर ब्याट्सम्यान शुन्यमा आउट भएका थिए।
समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।