इटहरीमा प्रादेशिक रंगशाला बन्ने निश्चित

इटहरीमा प्रादेशिक रंगशाला बन्ने निश्चित

२४ भदौ, सुनसरी । प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन सरकारले तयारी सुरु गरिसकेको बताएका छन् ।

इटहरीमा मंगलबारबाट सुरु भएको नवौ पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

मुख्यमन्त्री राईले इटहरी रंगशाला परिसरमा बिभिन्न १२ वटा खेलकुदका प्रतियोगितागर्न सक्ने भौतिक संरचनानिर्माणको क्रममा रहेकाले प्रदेश सरकारले उच्चप्राथमिकतामा राखेको समेत बताए।

बाँकी तीन वटा खेलकुदका संरचना पनि निर्माणको कामलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो। इटहरी रंगशालालाई प्रादेशिक रंगशालाबनाउन यस वर्ष प्रदेश सरकारले एक करोड बजेट बिनियोजन गरेको उनले जानकारी दिए।

प्रदेश खेलाडी उत्पादनको उर्वरभूमिभएकाले खेलकुद क्षेत्रको बिकासकालागि यस वर्ष ४२ करोड बजेट छुट्याएको मुख्यमन्त्री राईले बताए।

कार्यक्रममाप्रदेश एकका सामाजिकविकास मन्त्रीजीवन घिमिरेले प्रदेश १ का सबै जिल्लाहरू र १ सय ३७ पालिकामा खेल मैदानबनाउन प्रदेश सरकारले सुरु गरिसकेको बताए।

राष्ट्रिय व्याडमिन्टन संघ नेपालको आयोजना तथा सुनसरी व्याडमिन्टन एकेडेमी इटहरीको सहआयोजनामा सुरु प्रतियोगिता ५ दिनसम्म सञ्चालनहुनेछ।

प्रतियोगितामा २ सय जनाले बेग्ला बेग्लै समूहअन्तर्गत प्रतिस्पर्धा गर्ने सुनसरी व्याडमिन्टन एकेडेमीकाअध्यक्ष सुरेश कार्कीले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.