गाईकाण्डमा संलग्न सात जना नगर प्रहरी पक्राउ

गाईकाण्डमा संलग्न सात जना नगर प्रहरी पक्राउ

२६ भदौ, नेपालगञ्ज । नेपालगञ्जदेखि दैलेख लैजाने क्रममा मृत फेला परेका र जिवित गाईलाई सुर्खेतको कटकुवा जंगलमा छोड्ने कार्यमा संलग्न रहेका सात जना नगर प्रहरीलाई सुर्खेत प्रहरीले हिरासतमा लिएको छ ।

गाई काण्डको अनुसन्धान गरिरहेको सुर्खेत प्रहरीको ‘दबाब’मा बुधबार सुर्खेत पठाइएका सात जना नगर प्रहरीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरृ हो ।

गाई काण्डमा यसअघि नै नेपालगञ्ज उमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नगर प्रहरीबाहेक थप सात जना ट्रक चालक र सहचालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

सुर्खेत प्रहरीको आग्रह अनुसार बुधबार नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नै गाडीमा राखेर सात जना नगर प्रहरीलाई सुर्खेत पठाएको थियो । ती सातै जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत प्रहरी प्रमुख एसपी बसन्त रजौरेले थप सात जनालाई अनुसन्धानको दायरामा ल्याएको बताए ।

भदौ १२ गते राती आठ वटा ट्रकमा २ सय ९१ वटा गाई, बाछाबाछीलाई दैलेखको श्रीस्थान लैजाने भन्दै नेपालगञ्जबाट लगिएको थियो । ती गाई, बाछाबाछीलाई दैलेख नपु¥याएर सुर्खेतको कटकुवा जंगलमा छोडिएको थियो । तीमध्ये ट्रकमा कोचेर लैजादा तीन दर्जन गाई मरेका थिए ।

यो घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन टोली बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले वारका अध्यक्ष विकास आचार्यको नेतृत्वमा छानबिन टोली बनाएको छ । यी दुवै टोलीलाई १५ दिनको समय दिइएको छ तर १५ दिन पुगेको छैन ।

सुर्खेत लगिएकामध्ये बाँचेका सबैजसो गाई नेपालगञ्ज फिर्ता गरिसकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.