काठमाडौमा राष्ट्रिय चलचित्र कन्फ्रेन्स सुरु

२५ भदौ ७६, बिहीबार

२६ भदौ, काठमाडौं ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफुहरु सधै प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौको प्रज्ञा प्रतिष्ठानमा विहिबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्सको उद्घाटन गर्दे उनले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधै नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रीत हुदै आएको बताएका हुन् ।

भविश्यमा नेपाली चलचित्रको विकास र सम्मृद्धिका लागि श्रृजनशिलताको साथै प्रविधिको सही सदुपयोग अत्यावश्यक रहेको भन्दै उनले चलचित्र सम्बन्धी विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धीत सबैलाई आग्रह गरे ।

विधेयक बोर्डको वा सरकारको मात्रै नभएको भन्दै उनले समग्र चलचित्र क्षेत्रको वृद्धि विकास र यस क्षेत्रका कलाकार, लगानीकर्ता सबैको हित अनुकुल बनाउदै समग्र नेपाली चलचित्रलाई सम्मृद्धीको बाटोमा डोर्याउने कानुनी दस्तावेज भएकाले सबैको रायसुझावले महत्व राख्ने बताए ।

उनले भारतीय फिल्म अवार्ड आईफा अवार्ड एक निजी टेलिभिजनको आफ्नो कार्यक्रम भएकाले त्यसमा नेपाल सरकारको लगानी हुनु नहुने तर्क गरे ।

हरेक बर्ष भारत बाहिर अवार्ड गर्दै आएको आईफाका आयोजकले यसबर्ष भने भारत मा नै अवार्ड गर्न लागेको पनि उनले जानकारी दिए ।

विहिबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्था लगायत विषयमा व्यापक छलफल हुने बताईएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top