उपनिर्वाचनका लागि नेकपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

२६ भदौ ७६, बिहीबार
Share this
741shares

२६ भदौ, काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

Advertisement

नेकपा २०७४ को निर्वाचनपश्चात् एकीकरण भएर बनेको दल भएकाले उपनिर्वाचनका लागि आयोगमा दर्ता हुनुपरेकोे बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्वको टोलीले आयोगमा दल दर्ता गराएको हो ।

नेकपाले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो। महासचिव पौडेलले आयोगमा दर्ताका लागि तयार गरेको पत्र पार्टीको निर्वाचन विभाग प्रमुख ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाललगायतको टोलीले आयोगमा पत्र दर्ता गराएको हो ।

Advertisement

आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरी पत्र दर्ता गरिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहहरुमा रिक्त रहेका पदहरुका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । दल दर्तासँगै नेकपाले उपनिर्वाचनको आन्तरिक तयारी पनि अघि बढाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top