डोरियन आँधीका कारण बहमासमा २ हजार ५०० जना वेपत्ता

२६ भदौ ७६, बिहीबार

२६ भदौ, एजेन्सी ।

Advertisement

बहमासमा डोरियन आँधीका कारण २ हजार ५०० जना वेपत्ता रहेको अधिकारीहरुले बताएका छन्।

अमेरिका र क्यानडामा समेत प्रभाव पारेको डोरियनले बहमासमा मात्रै ५० जनाको मृत्यु भएको थियो। आँधीका कारण विस्थापित भएका हजारौं मानिसलाई अस्थायी शिविरमा राखिएको छ।

Advertisement

प्रति घण्टा २९८ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीका नस्साउ टापुमा प्रत्येक परिवारका कोही न कोही सदस्य हराइरहेको अधिकारीहरुले बताएका छन्।

आँधीका कारण अमेरिका र क्यानडामा समेत जनजीवन प्रभावित भएको छ। सडक किनारका रुखहरु ढल्नुका साथै ४ लाख ५० हजार घरहरुमा बिजुली सेवा अवरुद्ध भएको बताइएको छ। आँधी प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा बस्न सूचना जारी गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top