न्यायाधीशका सवारी चालक घुषसहित रंगेहात पक्राउ

२७ भदौ, सिरहा । जिल्ला अदालत सिरहाको एक जना न्यायधिशको सवारी चलाउने चालक घुष सहित पक्राउ परेको छ ।

Advertisement

पक्राउ पर्नेमा जिल्ला अदालत सिरहाका न्यायधिश नरनारायण पौडेल चड्ने सवारीका चालक वृज मोहन यादव रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई नगद रु एक लाख १० हजार सहित रंगेहात पक्राउ गरेको हो ।

Advertisement

सिरहा सदरमुकामस्थित खडक होटलबाट विहिबार दिउँसो १ बजेको समयमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top