राष्ट्रपतिको विरोध गर्ने आशंकामा पूर्व कर्नेल र डीआईजीसहित ५० जना बढी पक्राउ

२७ भदौ, काठमाडौँ । ईन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्नेे आशंकामा प्रहरीले सेवा निवृत्त सेनाका कर्नेल र प्रहरीका डीआईजीसहित ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको छ ।

पक्राउ गरिएका अधिकांशलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भन्डारी आउने पूर्व निर्धा्रित तालिकालाई मध्यनजर गर्दै भष्ट्रचार विरोधी अभियान समूहको नेतृत्वमा दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम आयोजना भएको थियो ।

राष्ट्रपतिलाई कालोझन्डा देखाउने, विरोध प्रदर्शन गर्नेजस्ता गतिविधि हुन सक्ने देखिएको भन्दे पक्राउ गरिएको काठमाडौं परिसरका अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा नेपाल प्रहरीका निवृत डीआईजी विजय भट्ट र नेपाली सेनाका पूर्व कर्नेलसमेत रहेका छन् ।

गुठी विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको माग प्रति उदासिनता देखाएकोमा राष्ट्रपतिको कार्यक्रममा विरोध जनाउन खोजिएको बुझिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top