×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रसिक र पाख्रिनलाई कृष्णभूषण बल साहित्य पुरस्कार

२८ भाद्र २०७६

२८ भदौ, विराटनगर ।

कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानले शनिबार दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ ।

Advertisement
Advertisement

विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ बाट अग्रज साहित्यकार गणेश रसिक र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’बाट युवाकवि सुदीप पाख्रिनलाई सम्मान गरेको हो ।

अग्रज साहित्यकार एवं समाजसेवी युद्धप्रसाद वैद्य, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रमुख संरक्षण शोभा लामा बल, साहित्यकार दधिराज सुवेदी, केशव आचार्य, प्राज्ञ विवश पोखरेललगायतले दोसल्ला ओढाएर रसिक र पाख्रिनलाई सम्मानपत्र प्रदान गरे । सम्मानका साथमा रसिकलाई २५ हजार १ सय ११ र पाख्रिनलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो ।

पाँच दशकभन्दा लामो समयदेखि साहित्य र गीत–संगीत सिर्जनामा सक्रिय रसिकका विभिन्न विधाका कृति प्रकाशित छन् । त्यस्तै युवाकवि पाख्रिन पनि दुई दशकदेखि नेपाली कविता लेखनमा सक्रिय छन् ।

नेपाली साहित्यमा योगदान पु¥याएबापत दुवैजना स्रष्टालाई नगदसहित सम्मान गरिएको प्रतिष्ठानका महासचिवसमेत रहेका प्राज्ञ विवश पोखरेलले जानकारी दिए । कार्यक्रममा कवि सीमा आभास, शुभलक्ष्मी लम्साल र दीपक शम्चुले वरिष्ठ कवि बलको कविता वाचन गरे ।

समारोहका प्रमुख अतिथिसमेत रहेका वैद्यले बल काठमाडौंभन्दा बाहिर बसेर पनि देश हल्लाउन सफल कविका रुपमा स्थापित भएको चर्चा गरे । पत्रकारसमेत रहेका कवि मीनकुमार नवोदित र साहित्यकार डा. विमला श्रेष्ठले वरिष्ठ कवि बल युवापुस्ताका प्रेरणा स्रोत भएको बताए ।

Advertisement
Advertisement

‘भोलि बास्ने बिहान’ एउटै कवितासंग्रहबाट नेपाली कविता साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ कवि बलको २०६९ साल असार ११ गते निधन भएको थियो ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top