फेसबुकले चाल्दै कडा कदम, सत्यता नभएका साम्रगी पोस्ट नै नहुने

२९ भदौ, एजेन्सी । फेसबुक व्यवस्थानले पोस्ट गरिने आपत्तिजनक सामग्रीका खिलाफ अब कडा पाइला चाल्न गइरहेको छ । फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न अब बन्देज लाग्ने छ ।

सत्यता नभएका सामग्री फेसबुकमा पोस्ट नै हुने छैनन् । फेसबुकले यस्ता पोस्टलाई ब्लक गरी दिनेछ ।

फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन् र यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुने बताइन् । उनले फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेको र फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेको पनि बताइन् ।

Advertisement

फेसबुकले हालै आफ्नो ‘कम्युनिटी स्ट्याण्डर्ड’लाई ‘अपग्रेड’ गरेको छ । फेसबुक व्यस्थापनले जानकारी दिएअनुसार अब पोस्टको सत्यता निरूपणका साथै यसले तीनवटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’।

फेसबुक मञ्चलाई सुरक्षित बनाउन यस्तो गर्न लागिएको हो । बिकर्टले जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तुरुन्तै हटाइने बताइन् ।

Advertisement

केहि दिन पहिला गूगलले पनि आफ्नो ‘कन्टेट सर्च पोलिसीमा परिवर्तन गरेको थियो । यस अनुसार अब गूगलमा ‘सर्च’ गर्दा सबैभन्दा पहिला (सबैभन्दा माथि) ती सामग्री मात्रै देखिन्छन् जसको वैधता प्रमाणित हुन्छ ।

कुनै किसिमका भ्रामक र उत्तेजना एवं वितृष्णा फैलाउने खाले सामाचार वा अन्य सामग्री ‘सर्च’ गर्नासाथ माथि देखिँदैनन । गूगलले अझै पनि आफ्नो ‘सर्च इन्जन’को ‘एल्गोरिद’मा व्यापक परिवर्तन गरिरहेको छ ।

अब फेसबुक पनि आफूमा सुधार गर्न सक्रिय भएको छ । अब जथाभावी फोटो पोस्ट गर्न, जे पायो त्यही लेख्न पाउनु नपाइने भएकाले यसमा बन्देज लाग्ने छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top