देउवाको गृह जिल्लामा प्रधानमन्त्री ओली र प्रचण्डको पुतला दहन

२९ भदौ, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।

Advertisement

आइतबार कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको छ। जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुतला दहन गरिएको हो।

Advertisement

जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा कांग्रेसले ओली र प्रचण्डको पुतला दहन गरिएको कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए।

कांग्रेसले बाँके घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने माग गरेको छ। सभापति मल्लले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरु नेकपासँग लड्न तयार रहेको समेत चेतावनी दिए। उनले प्रजातन्त्रविरोधी क्रियाकपालहरु रोख्न समेत सरकारलाई आग्रह गरे।

Advertisement

बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले आक्रमण गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top