३० भदौ, काँकडभिट्टा ।
नेत्रविक्रम चन्द समूहका झापा ‘जनसरकार’ प्रमुख टीका पोख्रेलसहित दुई जनालाई झापा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रणीण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको हो ।
पार्टी कामको सिलसिलामा उनीहरु मोटरसाइकल चढेर जाँदै गरेका थिए ।