×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अराजक तत्वका विरुद्ध प्रतिकारमा उत्रिन पुष्पकमलको आह्वान

३० भाद्र २०७६

३० भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु मुलुकमा सल्बलाई रहेको उल्लेख गर्दै प्रतिवादमा उत्र्न पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले हजारौं सहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनताको भ्रम फैल्याउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहँदै समाजवाद निर्माण गर्ने सपना पूरा गर्ने काममा लागि पर्न सिंगो पार्टी पंक्ति तथा आम जनसमूदायलाई पनि आग्रह गरे ।

Advertisement
Advertisement

नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम फैल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठन सकिन्छ कि ? भन्ने दुस्शाहस गरिरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई अपिल समेत गरे ।

‘केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम सृजना हुने गरी हत्केलाले सूर्य छेक्न खोजेजस्तो गरी दुस्साहस गरिरहेका छन्,’ अध्यक्ष दाहालको भनाई थियो, ‘त्यस्ता संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरुप्रति सचेत रहन र त्यसको प्रतिवादमा उत्रन म युवा र विद्यार्थीहरुलाई विशेष रुपमा आह्वान गर्दछु ।’

अध्यक्ष दाहालले समाजवाद निर्माण गर्ने नेपाली जनताको चाहनामाथि तुषारा हुन नदिने दृढता पनि व्यक्त गरे ।

Advertisement

त्यस अवसरमा उनले नेता बोगटीलाई निष्ठावान, चरित्रवान नेताको रुपमा चित्रण गर्दै उनले देखाएको बाटोबाटै समाजवाद निर्माणको महाअभियानलाई सफल बनाउन सकिने विश्वास पनि व्यक्त गरे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top