अक्करको भीरबाट अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता

३१ भदौ ७६, बुधबार

१ असोज, विराटनगर ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप मंगलबार राति अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् ।

खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठको ३ बर्षिय छोरा बिरामी भएर उपचारका लागि धरान ल्याउने क्रममा जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट जिप अरुण नदीमा खसेर वेपता भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Advertisement

को १ ज ३७४९ नम्बरको बोलेर जीप सीधै अरुण नदीमा खसेर बेपत्ता भएको ट्राफिक प्रहरी निरिक्षक राजेश राईले बताए ।

बेपता हुनेमा जिपमा सवार एकै परिवारका संगम श्रेष्ठ उनकी श्रीमती र ३ बर्षिय छोरा रहेको ट्राफिक प्रहरी निरिक्षक राईले बताए । त्यसैगरी चालक सन्तोष विक बेपता भएका छन अन्य बाँकी दुई जनाको परिचय खुल्न नसकेको ट्राफिक प्रहरी निरिक्षक राईले बताए ।

Advertisement

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएको थियो । तर केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top