नेपाल वायु सेवा निगम सुधार कार्यदलले प्रतिवेदन बुझायो

३१ भदौ ७६, बुधबार

१ असोज, काठमाडौं ।

अर्बौको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई सो निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो ।

Advertisement

पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको ५ सदस्यीय कार्य दलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तिय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ ।

त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिए ।

Advertisement

प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ ।

प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि सो निगममा सुधार हुन नसकेको निष्कर्ष पनि निकालिएको छ ।

कार्य दलले निगमको नोक्सान हाल ५ अर्व २१ करोड ७६ लाख रहेको तथा ४० अर्व लोनको पनि व्ययभार रहेको पनि जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एयर बस विमान रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संयोजक घिमिरेले निगमसँग ३ अर्व ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको बताए । यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए ।

उनले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार समेत भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार पनि गम्भिर रहेको बताए ।

त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ । मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top