ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको साउदीको आरोप

२ असोज, एजेन्सी । साउदी अरेबियाले आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ ।

आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका अवेशषबाट यसमा इरानको संलग्नता पुष्टि हुने उसको दावी छ ।

यमनमा सशस्त्र संघर्ष गर्दै आएको हुथी विद्रोहीले आक्रमणको जिम्मा लिएपनि उसँग यो स्तरको हतियार र प्रविधि नभएको तर्क साउदी अरब र अमेरिकाले लगाउँदै आएका छन् । इरानले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिदै आएको छ ।

Advertisement

साउदी सरकारी कम्पनी ‘आरम्को’ बाट सञ्चालित मूख्य दुई तेल उत्पादन केन्द्रमा अघिल्लो शनिवार ड्रोन तथा मिसाइल आक्रमण भएपछि साउदी अरबियाले तेल उत्पादनमा आधा कटौती गरेको थियो ।

यसले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढाएको थियो । आक्रमणमा कम्तिका १८ वटा मानवरहित ड्रोन तथा केही मिसाइल प्रयोग भएको साउदी अरेबियाको जिकिर छ ।

Advertisement

यी हतियार इरानमा निर्माण गरिएको र आक्रमण पनि यमनबाट नभएर इरानबाटै गरिएको उसको दावी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top