बाह्य दवाव पर्न नदिन स्वदेशी लगानीमा संसद भवनःप्रधानमन्त्री

बाह्य दवाव पर्न नदिन स्वदेशी लगानीमा संसद भवनःप्रधानमन्त्री

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य दवाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताएका छन् ।

संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै सरकारको चर्को आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा सो भवन निर्माण गर्न लागिएको प्रष्टयाएका हुन् ।

बिहीबार बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद भवनमा ठूलो लगानी भयो भनेर आएको टिप्पणीलाई नकारात्मक मानसिकताको संज्ञा दिँदै त्यसो गर्नु जायज नहुने पनि बताए ।

प्रधानमन्त्री ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्नो लागि नभएको पनि बताए । ‘म अहिले ४१ औं प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘यो भवनमा २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

त्यस अवसरमा उनले अवका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल भने सो भवन निर्माण कार्य हुँदै गर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने सो भवनमा शान्तसँग बस्न पाउने पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.