सिरहा– प्रजातन्त्र स्थापनाको आधा सताव्दी वितिसक्दा पनि जनताले अझै त्यसको अनुभुति गर्न नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
६८ औं प्रजातन्त्र दिवसको अवसरमा गोलबजार नगारपालीकाले सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले प्रताजन्त्र जनताले जनताको लागि गर्ने शासन व्यवस्था भनेपनि सिमिति व्यक्तिहरुले यसको उपभोग गरेको गुनासो गरेका हुन् ।
जुनसुकै व्यवस्था आएपनि नेपाली जनताले त्यसको सहि उपयोग गर्न नपाएको भन्दै जनताले उपभोग गर्न पाउने गरी व्यवस्था लागुगर्नुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा प्रदेश सभासदस्य रामकुमार यादवले जनताले उपभोग गर्न पाउनेगरी अवको दिनमा शासन व्यवस्था लागुहुने बताए । त्यसैलेमात्र प्रजातन्त्र, गणतन्त्रको लागि रगत बगाएका सहितहरुप्रति सम्मान हुने यादवले जनाए ।
जनता जहिलेपनि स्वतन्त्रता र परिवर्तनको पक्षमा रहेको भन्दै यादवले जनचाहान अनुसार शासन व्यवस्था हुनुपर्नेमा जोड दिए । त्यसको लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने पनि जनाए ।
कार्यक्रमम अर्का प्रदेशसभा सदस्य जगत प्रसाद यादव, नेपाली काग्रेसका स्थानीय नेता राजदेव यादव, गोलबजार नगरपालीका वडा नं. ९ का वडा अध्यक्ष रामपुकार कामती, नगर प्रसाशकिय प्रमुख गिरीराज ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए । नगरप्रमुख देवनाथ साहको अध्यक्षतामा सम्पन्न प्रजातन्त्र दिवसको कार्यक्रम अहि बजार क्षेत्रमा नेपाली झण्डा सहित प्रभात फेरी लगाएका थिए । कार्यक्रममा विभिन्न संघ संस्था, नगारीक समाज तथा स्थानीय पार्टी प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।