विराटनगर, फागुन ७
नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन सबै समुदायको सहभागितामा जोड दिनुपर्ने बताएका छनन् ।
संयोजक भट्टराईले मुलुकलाई सही अर्थमा लोकतान्त्रिक मुलुक बनाउन विकास र समृद्धिको दिशामा सबै समुदायलाई सहभागी गराउनुपर्ने तर्क पनि गरे । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तिब्बतसँग व्यापार नभएकै कारण नेपाल आर्थिक रुपमा कमजोर बन्न पुगेको पनि स्मरण गराए ।
मल्लकालीन समयमा नेपालले आर्थिक रुपमा प्रगति गर्नुमा तिब्बतसँगको व्यापार भएको पनि उनले स्पष्ट पारे । संयोजक भट्टराईले मुलुकको समृद्धिका लागि सचेत भएर अघि बढन समेत युवाहरुलाई आह्वान गर्नु भयो ।