बलात्कारको आरोपमा सुन्दरहरैचाका ४ जना पक्राउ

५ असोज, विराटनगर ।
मोरङको ग्रामथान गाउँपालिकाबाट १७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Advertisement

सुन्दरहरैँचा–१ की युवतीलाई शनिबार ग्रामथान–७ स्थित बिचारी खनालको केरा घारीमा जबरजस्तीकरणी गरेको भनी पीडित पक्षले दिएको उजुरीको आधारमा इलाक प्रहरी कार्यालय हरैचाको टोलीले उनीहरुलाई शनिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा ग्रामथान–५ बस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी ५ वस्ने २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारु रहेका छन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top