साफ यू–१८ च्याम्पियनसिप : भुटानसँग नेपालको लज्जास्पद हार

५ असोज, काठमाडौँ ।
साविक विजेता नेपाललाई पराजित गर्दै भुटान काठमाडौँमा जारी साफ यू–१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भुटान सेमिफाइनमा प्रवेश गरेको हो ।

Advertisement

खेलको ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा थप दुई गोल खादैै नेपाल पराजित भएको हो ।

भुटानका लागि ८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० ले अघि बढाए । विशाल बस्नेतले केजाङलाई लडाएपछि प्राप्त पेनाल्टीमा केजाङले नै गोल गरे । ९० नै मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।

Advertisement

खेलमा नेपालले थुप्रै प्रयास गरेपनि सफल हुन सकेन । त्यसअघि खेलको ११ औं मिनेटमा लोडे वाङ्चुकको कर्नरमा डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा किन्ले दोर्जेको प्रहार गोलरक्षक विशाल सुनारले बचाए । १९ औं मिनेटमा बर्मा सोनामको फितलो प्रहार बिशालले सहजै बचाएका थिए ।

२५ औं मिनेटमा ब्रिजेश चौधरीको पासमा शिशिर लेखीको क्रसमा मनिष डाँगीको हेडर भुटानी गोलरक्षकले बचाए । लगत्तै मनिषको क्रसमा ब्रिजेशको प्रहार डिफेन्डरबाट क्लियर गरिदिएका थिए । ३५ औं मिनेटमा ब्रिजेशको प्रहारलाई भुटानी गोलरक्षक तेन्जिङ दोर्जीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पाएको अर्को अवसरमा ब्रिजेशको प्रहार बाहिरियो ।

Advertisement

५०औं मिनेटमम शिशिर लेखीको पासमा नवीन गुरुङको प्रहार पोस्टबाट थोरै बाहिररिदा नेपाल बराबरीबाट चुक्यो ।६७ औं मिनेटमा किन्ले दोर्जीको बक्सबाहिरको प्रहार पोस्टबाट थोरै आकासिदा भुटानले अग्रता दोब्बर पारेने मौका गुमायो । ६८ औं मिनेटमा मनिष थापाको क्रसमा कप्तान जया गुरुङले डाईभिङ हेड प्रयास गरेपनि भेट्टाउन सकेन। त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल पराजित हुन पुग्यो ।

योसँगै नेपालको सेमिफाइनलको संभावना झिनो बाँकी रहेको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढिको अन्तरले हराए मात्र नेपालको भाग्य चम्किँदै सेमिफाइनलमा पुग्ने छ । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top